Friday, May 16, 2025

ट्रेन्डिङ :

अतिरिक्त शुल्क लिने मेडिकल कलेजविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा

spot_img
spot_img

काठमाडौं, १६ पुस 

सातवटा विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क लिएकोप्रति आफूहरू गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 
शुक्रबार संयुक्त रुपमा विज्ञप्ति निकालेर उनीहरूले चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन माग गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियुक अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र अखिल छैटौँ अध्यक्ष देवेन्द्र कुँवरले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति :


२०७८ पौष १६ संयुक्त प्रेस विज्ञप्ति राष्ट्रियता, जनजीविका र नेपाली विद्यार्थीहरुको साझा मुद्दामा क्रियाशिल संयुक्त विद्यार्थी संगठन, आज लाखौं युवा विद्यार्थीहरुको शैक्षिक सवालमा आन्दोलित छ । नेपालका मेडिकल कलेजहरुले विगत लामो समय देखि चिकित्सा क्षेत्रका विद्यार्थीहरु माथि विभिन्न बहानामा लुट मच्चाई रहेका छन, यसैको शृचलाको रुपमा चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत काठमाडौ विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोवेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले २०७८ को नयाँ भर्नामा एमबीबीएस, बीडीएस र बी नर्सिङमा  राज्यले तोकेको भन्दा बढि विद्यार्थीहरु बाट आफूखशी विभिन्न बहानामा लाखौं रुपैयाँ नाजायज शुल्क लिएको गुनासो आएको र मणीपाल मेडिकल कलेज पोखरा,काठमाडौ मेडिकल कलेज, नोवेल मेडिकल कलेज मोरङमा विद्यार्थीहरु आन्दोलित भएको प्रती संयक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यवद्धता जाहेर गर्दै विद्यार्थीहरु लाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं, अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यस बाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने छ भन्ने जानकारी पनि यसै विज्ञप्ति मार्फत जनकारी गराउदछौं । हार्दिक अभिवादन सहित ।
 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?