Friday, May 16, 2025

ट्रेन्डिङ :

इज्जत छाडेर माओवादी सरकारमा बसेको अध्यक्ष ओलीको टिप्पणी

spot_img
spot_img

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले इज्जत छाडेर माओवादी सरकारमा बसेको टिप्पणी गरेका छन् । शुक्रबार भक्तपुरमा स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले इज्जत छाडेर माओवादी आफ्नो नेतृत्वको सरकार र अहिले कांग्रेस नेतृत्वको सरकारमा बसेको टिप्पणी गरेका छन् ।एमाले इज्जतसाथ सरकारमा र अहिले प्रतिपक्षीमा बसेको भन्दै उनले एमालेले आफ्नो नीति कार्यान्वयन गर्न र गलत नीतिको विरोध गर्ने बताए । ओलीले मुलुक अनावश्यक हिंसाको चपेटमा परेका कारण नै नेपालीहरु बिदेशीन बाध्य भएको धारणा राखे ।

उनले मुलुकको बिकास गर्न एमालेले चेतना जगाएको जिकिर गरे । नेपाललाई बिकासको बाटोमा अघि बढाउन नागरिकहरु पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको बताउदै एमाले मुलुकको बिकासको यात्राबाट बिचलित नहुने स्पष्ट पारे ।ओलीले नेपाल जस्तो देश छाडेर काम गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?