Friday, May 23, 2025

ट्रेन्डिङ :

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन पारित

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनकाे बन्द सत्रमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

शुक्रबार प्रतिवेदनमाथि २५ समूहबाट उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएलगत्तै बन्दसत्रले उनले पेश गरेको उक्त प्रस्ताव पारित गरेको हो । सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गरेका थिए ।

अध्यक्ष प्रचण्डको उक्त प्रतिवेदनमाथि नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले फरक मत राखेका थिए । उनीहरुले राखेको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले कुनै जवाफ दिएका छैनन् ।

उनले बन्द सत्रमा बोल्नेक्रममा सबैको भावना समेट्ने गरि अघि बताएका छन् । गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रतिवेदन बुझाएपछि त्यस विषयमा छलफल गर्न २५ समूह तयार पारिएको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?