Friday, May 16, 2025

ट्रेन्डिङ :

एमाले सम्झिएर रोइन् रामकुमारी झाँक्री

spot_img
spot_img

गुल्मी । शुक्रबार शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिवसमेत रहेकी रामकुमारी झाँक्री गृह जिल्ला गुल्मीको सदरमुकाम तम्घासमा पार्टीको कार्यालय उद्घाटनमा पुगिन् ।

मन्त्री भनेपछि राम्रै तामझाम हुने नै भयो । त्यहाँ उनको भव्य स्वागत भयो । र, कार्यक्रम अघि बढ्यो । कार्यक्रममा मन्तव्य आउनुअघि मन्त्री झाँक्री ठीकठाकै थिइन् ।

तर, जब उनको मन्तव्य दिने पालो आयो उनी भाषण सँगसँगै भावुक भइन् । ‘पूरानो घर’ र ‘नयाँ घर’ को प्रसंग उप्काउँदै आँखाभरी आँशु पारिन् । परेलीका डिलबाट आँशुहरु चुहिन थाले तैपनि उनले नयाँ र पूरानो घरको प्रसंग बढाइनै रहिन् ।

पूरानो घर भनेर नेकपा एमालेलाई भनेकी थिइन् । नयाँ घर भन्नाले एमालेबाट छुट्टिएर गएपछि बनेको नेकपा (एस) लाई भनेकी थिइन् । पूरानो घरमा बस्ने वातावरण नहुँदा आफूँहरुले नयाँ घर जबर्जस्ती बनाएको उनले बताइन् ।

उनले पूरानो घर सम्झिँदै भनिन, ‘हामीले थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

गुल्मीको नेकपा एमालेको पार्टी कार्यालयनजिकै उद्घाटन हुँदै गरेको नेकपा (एस) को कार्यालयमा उभिएर आफूहरुले अनेकै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भए पनि अलग्गिनुपरेको सुनाइन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?