Friday, May 16, 2025

ट्रेन्डिङ :

राजमार्ग बन्द गर्न सडकमै सुते सिके राउतका कार्यकर्ता

spot_img
spot_img

रौतहट । शुक्रबार रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुरमा सिके राउतको जनमत पार्टीका आन्दोलनकारी र प्रहरीबीच दिनभरजसो लुकामारी चलिरह्यो ।

सो पार्टीले घोषणा गरेको अनिश्चितकालीन हाइवे बन्द सफल पार्न आएका पार्टीका कार्यकर्ताले चन्द्रनिगाहपुरस्थित पूर्व पश्चिम राजमार्ग बन्द गर्ने प्रयास गरेका थिए । राजमार्ग बन्द गर्न आएका आन्दोलनकारीहरुलाई प्रहरीले धकेलेर राजमार्ग बाहिर पुर्याउँथे तर फेरि उनीहरु फर्किएर राजमार्ग बन्द गर्न आइपुग्थे ।

यसरी दौडिएर बन्द गर्न आएकाहरुलाई प्रहरीले फेरि धकेलेर राजमार्गबाट हटाइदिन्थे । यसै क्रममा एक पाका उमेरका आन्दोलनकारीले राजमार्गमै सुतेर बन्द गर्ने प्रयास गरे । उनी चर्का नारा लगाउँदै राजमार्गको बीचमा आए अनि राजमार्गकाे बीच सडकमै सुतिदिए । उनी जसरी भएपनि राजमार्ग बन्द गर्ने अडानका साथ राजमार्गमा सुतिरहे । पछि उनलाई साथ दिन अरु केही कार्यकर्ता पनि आए ।

केहीबेर उनीहरुले राजमार्गकै बीचमै बसेर नाराबाजी गरे । तर, फेरि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएर राजमार्ग खाली गरायो । आन्दोलनको क्रममा उनीहरुले प्रहरी विरुद्ध चर्का नाराबाजी पनि गरेका थिए । सोही क्रममा प्रहरी ९ जना आन्दोलकारीहरुलाई नियन्त्रणमा लिएर साँझ रिहा गरेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?