Friday, May 16, 2025

ट्रेन्डिङ :

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

spot_img
spot_img

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा पार्टीको विधान मस्यौदा बहुमतले पारित भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रबाट उक्त मस्यौदा परिमार्जनसहित पारित भएको हो । बन्दसत्रबाट पारित हुनुअघि मस्यौदालाई साविकको केन्द्रीय समितिमा प्रस्ताव गरिएको थियो । विधान पारित भएसँगै अब नयाँ केन्द्रीय समिति चयन हुनेछ ।

विधानमा गरिएको व्यवस्थाअनुसार अब माओवादीको केन्द्रीय समिति मा २९९ सदस्य रहनेछन् । यसैगरी १ जना अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष,

१ महासचिव तथा २ उपमहासचिव र ३ सचिव, १ जना कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी चयन हुनेछ ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको चयनका लागि निर्वाचन हुने जनाइएको छ । पदाधिकारी समावेशी तवरले चयन गरिने र केन्द्रीय समितिमा पनि ५० प्रतिशत खुलाबाट तथा ५० प्रतिशत समावेशी तवरले चयन गर्ने व्यवस्था विधानमा राखिएको छ । कुल केन्द्रीय सदस्यको १५ प्रतिशत सदस्य भने मनोनीत हुनेछन् ।

विधान पारित गरेलगत्तै महाधिवेशन स्थलमै पार्टीको स्थायी कमिटी बैठक बसेको छ । सो बैठकपछि मात्र पदाधिकारी लगायत नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?