काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ५ हजार ७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ४२ जना र १५ हजार ९५२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार ०१५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २५२ जना कोरोनामुक्त भए, ० संक्रमितको मृत्यु कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ५२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार २१० पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर २० हजार ९५९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ९४ हजार ३१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।