१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमाले नेता ठगुन्ना दार्चुलामा कार्यकर्ता भेटघाटमा, ५७ जना काग्रेस र माओबादी परित्याग गरी एमालेमा प्रवेश



दार्चुला- नेकपा एमाले पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना केहि दिन यता कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ । नेता ठगुन्ना नेतृत्वको टोलीले विहिबारदेखि शनिबारसम्म शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा कार्यकर्ता भेटघाट गरेको हो ।

शनिबार एमाले नेता ठगुन्ना नेतृत्वको टोलीले शैल्यशिखर नगरपालिका वडा नम्बर १ बलाँच र रत्यौडामा कार्यकर्ता भेटघाट गरेको छ । बलाँचमा कार्यकर्ता भेलाको अवसरमा रघुबिर खडायतको नेतृत्वमा काँग्रेस परित्याग गरि २५ जना र माओवादी केन्द्रबाट भान सिह खडायतको नेतृत्वमा १५ जना गरी ४० जनाले नेकपा एमालेमा प्रवेस गरेको अनेरास्ववियु नेता राजेशसिंह बिष्टले जानकारी दिनुभयो । यस्तै रत्यौडामा हरि महरको नेतृत्वमा कांग्रेशबाट १५ जना र माओबादीबाट २ जना गरी १७ जनाले एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । विहिबार शैल्यशिखर नगरपालिका वडा नम्बर ५ ओखडानी र शुक्रबार शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानीशिखरमा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । रानीशिखरमा ५० जना नेपाली कांग्रेशबाट र १५ जना माओबादी केन्द्रबाट गरी ६५ जनाले नेकपा एमालेमा प्रवेस गरेको बताइएको थियो ।

शनिबार (आज) कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ठगुन्नाले २०७४ सालको निर्वाचनमा एमाले पराजित भएकै कारण शैल्यशिखर विकासमा पछि परेको बताउनुभयो । शैल्यशिखर नगरपालिकाका वर्तमान जनप्रतिनिधिहरुले चरम भ्रष्टाचार गरेको बताउदै उहाँले निकट भविष्यमै हुने स्थानीय तह निर्वाचनमा एमाले नेतृत्वको सरकार आएपछि पुराना सबै अनियमित बिल भरपाइ खोजिने धारणा राख्नुभयो । जनताको सेवा गर्न सक्ने लोकप्रिय उम्मेदवारलाई एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनाउने र निर्वाचन जितेर विकास, समृद्धिका साथै जनताको सेवा गर्ने उहाँको भनाई थियो । एमाले समानुपातिक विकास गर्ने पार्टी भएकोले शैल्यशिखर मात्र नभइ जिल्लाभरी नै महत्तपूर्ण योजना तथा कार्यक्रम सञ्चालनको अगुवाइ एमालेले गरेको उहाँले बताउनुभयो ।

शैल्यशिखर लगायत विभिन्न स्थानीय तहमा कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीले सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक नपाएको विषयमा नेता ठगुन्नाले नौगाड जस्ता केही स्थानीय तहले तलब दिनसक्ने शैल्यशिखरले किन नसक्ने भन्दै प्रश्न उठाउनुभयो । हालसम्म नौगाडले बालबिकास शिक्षक र विद्यालय कर्मचारीको थप तलब निकासा गरेको छ भने लेकम, मार्मा र अपिहिमाल गाउँपालिकाले बढेको तलब खुवाउने निर्णय गरेका छन् । महाकाली, शैल्यशिखर, मालिकार्जुन, दुहुँ र व्यासले स्रोतको सुनिश्चितता गरिसकेका छैनन् । बालबिकास सहजकर्ता र विद्यालय कर्मचारी भने सरकारले घोषणा गरेअनुसार मासिक १५ हजार उपलब्ध गराउन माग गरिरहेका छन् । -लोकदर्पण टिभी


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय