Friday, May 23, 2025

ट्रेन्डिङ :

अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन पोखरेल

spot_img
spot_img

खोटाङ, १७ पुस

अनेरास्ववियु खोटाङको अध्यक्षमा मोहन पोखरेल (संग्राम) चुनिएका छन् । शनिबार दिक्तेलमा सम्पन्न २३औं जिल्ला सम्मेलनबाट पोखरेल अनेरास्ववियुको अध्यक्ष चुनिएका हुन् । अखिलको ३५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु उपरकोटी, सहसचिवमा घनश्याम ढकाल र सुरेश प्रधान तथा कोषाध्यक्षमा मुस्कान राई चयन भएका छन् ।

‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनले अभिषेक घिमिरे, प्रकाश पोखरेल, पूजा रेग्मी, विप्लव कोइराला, एलिना गिरी, प्रतिमा राई, सरस्वती परियार, सुशीला तिमिल्सिना, सृजना अधिकारी, मिना योगी, रुवी राई, ईश्वर आचार्य, विक्रम क्षेत्री सदस्यमा चयन भएका छन् ।

यस्तै, कैलाश खड्का, मिलन भुजेल, झगराज राई, अनिल आचार्य, उमेश रिजाल, सौगात राई, दीपक खतिवडा, स्नेहा राई, युवराज कट्वाल, सविन राई र प्रवेश राई सदस्य चुनिएका छन् ।

जिल्ला सम्मेलन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष एवं एमालेका केन्द्रीय सदस्य सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्मेलनमा एमालेका केन्द्रीय सदस्य उषाकला राई, एमाले नेता दिपनारायण रिजाल, सुरेन्द्रकुमार राईलगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?