Friday, May 16, 2025

ट्रेन्डिङ :

झण्डै दुइ दर्जन श्रमिकहरु निर्माण क्षेत्रमा संगठित

spot_img
spot_img

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ यतिबेला श्रमिक जागरणमा होमिएको छ।बैज्ञानिक समाजबादी ब्यवस्था र श्रमिक अधिकारका निम्ती जनमतसंग्रह उक्त जागरण अभियानको मुख्य नारा हो।जारी अभियानकै क्रमामा महाँसंघको बागमती प्रदेश -३ ; उपत्यका बिशेष क्षेत्रले जागरण अभियानकै क्रममा संगठन निर्माण ,सदश्यता बितरण र संगठन बिस्तारलाइ तिब्रता दिएको देखिएको छ। यहि क्रममा अभियान टिमले आज काठमाडौंको चावहिल क्षेत्रमा; नेपाल बिध्युत प्राधिकरणको विद्युतीय केवल भुमिगत कार्यको निर्माणाधीन एक साइटमा कार्यरत बिभिन्न प्रकृतिको श्रमिकहरुसँग छलफल चालाइ प्रारम्भिक सम्पर्क इकाइ कमिटी गठन गरेको समाचार प्राप्त भएको छ।कार्यक्रममा सदश्यता बितरण समेत गरेको जनाइएको छ। पछिल्लो समयमा सिंगो निर्माण क्षेत्र श्रमिकहरुको अवस्था; पारिश्रमिक र स्थलगत सेवासुविधाको स्तर चिन्ताजनक नै देखिन्छ भने उचित सामाजिक सुरक्षा बारे सम्बन्धित पक्ष नै अकर्मण्यतामा रहेको देखिने गरेको पाइन्छ। सम्पर्क,छलफल र संगठन बिस्तारको घोषित कार्यक्रम सहित निर्माणाधिन स्थल पुगेको महासंघको उक्त अभियान टोलिले निर्माण श्रमिकको सम्पुर्ण अधिकार र मुक्ती बैज्ञानिक समाजबादि ब्यवस्था र जनमतसंग्रहको बर्तमान एजेण्डा सँग अभिन्न रुपमा रहेको बारे प्रष्ट गरेको थियो। नवगठित उक्त इकाइ कमिटिमा बिनोद लामाको नेतृत्वमा हाल उन्नाइस (१९) जना सदश्यहरु रहेका छन। जसमा; बिनोद लामा,हरि श्रेष्ठ ,राम गुरुङ ,राम तामङ,रेमन लामा,स्मरण ,रमेश,हरि नेपाल,कृष्ण बहादुर तामाङ ,प्रकाश,काले,बिजय,सुजन तामाङ,अविरल ,गोपाल लामा,जय बहादुर खत्री ,सुवास तामाङ ,करन राइ,र मनराज कटुवाल लगायत झण्डै दुइ दर्जन श्रमिकहरु रहेको अभियान समुहले जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?