Friday, May 16, 2025

ट्रेन्डिङ :

माओवादी महाधिवेशन : यस्तो छ समानुपातिक निर्वाचन क्लस्टरको संरचना, सहमति नभए निर्वाचन हुने

spot_img
spot_img

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुलातर्फ १४५ जना निर्वाचित हुने छन् ।

त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा छुट्टै निर्वाचन हुनेछ । माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ । यस्तै सहमति हुन नसकेको अवस्थामा निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने माओवादीले तयारी थालेको छ । खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

शनिबार राति ८ बजेदेखि १० : ३० बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिले आइतबार बिहान ११ : ३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन समितिले आइतबार बिहान ११ : ३० बजेबाट निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?