काठमाडौं । नेकपा (एमाले) का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन् । मेडिकल कलेज सञ्चालकसमेत रहेका उपप्रमुख प्रसाईंले नेपाली काँग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको बताएका हुन् ।
उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे । उपप्रमुख प्रसाईंले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबी समेत गरे । ओलीले संविधानसम्मत ढङ्गले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो ।