उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले यो वर्ष देशको खस्कँदै गएको अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्ने बताएका छन् । शुक्रबार, किम जोङ उनले भने कि देश जीवन र मृत्युको ठूलो संकटको सामना गरिरहेकोर त्यसैले नयाँ वर्षमा अर्थतन्त्रमा सुधार राष्ट्रिय प्राथमिकता हुने बताएका छन् । कोरोना भाइरसको फैलावट रोक्न उत्तर कोरियाले आफैंमा प्रतिबन्ध लगाएपछि त्यहाँबाट खाद्यान्नको अभावको खबर आउन थालेको थियो ।
किम जोङ उनले कोरियाको वर्कर्स पार्टीको आठौं केन्द्रीय समिति बैठकको महत्वपूर्ण बैठकलाई सम्बोधन गरेका थिए । गत साता सोमबारदेखि सुरु भएको यो बैठक शुक्रबार सकिएको हो । यो भेट उत्तर कोरियामा उनको शासनको १० वर्ष पूरा भएको बेला भएको हो । उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किम जोङ उनले सन् २०२१ ले आफ्नो अगाडि निकै कठिन परिस्थिति खडा गरेको स्वीकार गरेका छन्। उनले ‘देशको खाद्य संकट, खाद्यान्न अभाव र जनतालाई बस्नका लागि उचित घरको आवश्यकता’ जस्ता महत्वपूर्ण कार्यहरू गर्ने लक्ष्य पनि राखेका छन् ।