Friday, May 23, 2025

ट्रेन्डिङ :

रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

spot_img
spot_img

सर्लाही, १८ पुस

सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । 

ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । 

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए । 

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए  ।

एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ  । 
 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?