Friday, May 16, 2025

ट्रेन्डिङ :

मुलुकभर थप २१६ जनामा कोरोना पुष्टि, २०९ द्वारा स्वास्थ्यलाभ

spot_img
spot_img

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ९६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय १३ जना र १ हजार ६६९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार २३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २०९ जना कोरोनामुक्त भए, २ संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६३१ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ०१ हजार ९४३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?