Friday, May 23, 2025

ट्रेन्डिङ :

माओवादी महाधिवेशन : समानुपातिकतर्फ केन्द्रीय सदस्य चयन गर्न निर्वाचन नगरिने

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ केन्द्रीय सदस्य चयन गर्नका लागि निर्वाचन नगर्ने भएको छ । राजधानीमा पुष ११ गतेदेखि जारी माओवादीको आठौं राष्ट्रिय महाधिवेशनले समानुपातिकतर्फ केन्द्रीय सदस्यका लागि सहमतिबाटै सदस्य चयन गर्ने भएको हो ।

महाधिवेशनमा पारित भएको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् भने समानुपातिकतर्फ पनि ८ वटा क्लस्टर छुट्याइएको छ ।

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन गरिनेछ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?