११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

प्रचण्डको पक्षपात, कान्छी बुहारी बिनालाई काखा सिर्जना त्रिपाठीलाई पाखा



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै परिवारबाट ४ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाए पनि आफ्नी जेठी बुहारीसिर्जना त्रिपाठीलाई भने छुटाएका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा कास्की जिल्लाबाट प्रतिनिधि बनेकी आफ्नै जेठी बुहारीलाई भने केन्द्रीय समितिमा राखेनन् । प्रचण्डका छोरा पकाशले सिर्जनासँग सम्बन्ध विच्छेद नगर्दै बिना मगरसँग विवाह गरेका थिए ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ काकाको छोरा नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगरसमेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् । त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।


प्रतिक्रिया दिनुहोस !