Friday, May 16, 2025

ट्रेन्डिङ :

निर्मला हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

spot_img
spot_img

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । ती भारतीय नागरिकलाई १५ दिनअघि पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती भारतीय पुरुषको नाम निकार अलि रहेको बताइएको छ । पक्राउ गरेपछि डिएनए परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा स्याम्पल पठाइएको प्रहरीले जनाएको छ । तर, रिपोर्ट आउन बाँकी रहेको छ ।

उनी निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा रहेको अनुसन्धानमा खुलेको छ । हाल घटनाबारे अनुसन्धान जारी रहेकाले थप कुरा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी निर्मलाको शब भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा फेला परेको थियो। त्यसपछि प्रहरीले यस विषयमा अनेकौँ अनुसन्धान र बीचमा केहीलाई पक्राउ गरे पनि अपराधी पत्ता लगाउन सकेको छैन ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?