Friday, May 16, 2025

ट्रेन्डिङ :

पदाधिकारी छान्न माओवादी बैठक सानेपाको हेरिटेज गार्डेनमा बस्ने

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने भएको छ । बैठक सोमबार अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो । पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य पुष्पकमल दाहाल प्रचण्डले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् । प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले सर्वसम्मतले पारित गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?