Thursday, May 22, 2025

ट्रेन्डिङ :

ज्ञानेन्द्रसँग क्यानले राख्यो ‘मध्यमार्गी’ प्रस्ताव, खेलाडीले मागे भोलीसम्मको समय

spot_img
spot_img

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जारी विवाद समाधानका लागि खेलाडीहरुसँग मध्यमार्गी प्रस्ताव राखेको छ । खेलाडीहरुले भोली बिहान ९ बजेसम्मको समय मागेका छन् ।

असन्तुष्ट खेलाडीहरुको तर्फबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्ल आज क्यानसँग छलफलमा बसेका थिए । उनले सुरुमा क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग वान टु वान कुराकानी गरे भने त्यसपछि क्यानका पदाधिकारी र प्रशिक्षकसँग बसेका थिए ।

आफूहरु आत्मालोचनाका लागि तयार भएको भन्दै क्यानका सबै कारवाही फिर्ता हुनुपर्ने ज्ञानेन्द्रको अडान थियो । तर, क्यान त्यसमा सहमत भएन ।

कप्तान परिवर्तनको निर्णयबाट कुनै हालतमा पछाडि फर्किन नसक्ने क्यानको अडान छ । तर, चार खेलाडीलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय फिर्ता लिन भने क्यान तयार भएको छ । क्यान अध्यक्ष चन्दले भने पूर्व कप्तान मल्लसँग सहमति भइसकेको दावी गरे ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?