१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बालकोटमा कौसी खेती गर्दै केपी ओली र पत्नी राधिका शाक्य



काठमाडौं, १९ पुस

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ । सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने ।

उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए ।

त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय