८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

थाहा पाउनुहाेस् तपाईंकाे आजको राशिफल



काठमाडाैं, २४ पुस

२४ पुस, शनिबार, । तद्नुसार ८, जनवरी २०२२ । पौष शुक्लपक्ष षष्ठी तिथि, तैतिल करण, उत्तरभाद्रपद नक्षत्र, वरियान योग, चन्द्रमा मीन राशिमा छ ।

आज सूर्योदय बिहान ६ः५८ मा भएकाे छ भने सूर्यास्त १७ः२३ मा हुनेछ । आजको देवता कुवेर र ग्रहदेव बृहस्पति छन् । आज बिहान ९ः३४ बाट राहुकाल शुरु हुनेछ भने १०ः५२ सम्म रहने छ । अभिजित मुहुर्त ११ः५० देखि १२ः३१ सम्म रहने छ । शनिवारको दिन बिहान पिपलको वृक्षमा जल अर्पण गर्ने, शिवालयको दर्शनले व्यक्तिमा उर्जा थपिने छ ।

विशेषगरी शनिवारको दिन नयाँ कामको शुरुवात गरिँदैन । शनि ग्रह व्यक्तिको जीवनमा दुःख कष्ट दिने मानिन्छ । त्यसैले शनिवारको दिन ध्यान, साधनामा समय बिताउनु उत्तम हुनेछ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईंको कार्ययोजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नै यात्रा सुरु गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापारव्यवसायमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंको भलो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकका लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु बेस होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिबार आफ्नो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्नेछ । मानसम्मान मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : तपाईंका कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन हुने तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर र नयाँ कामको सम्भावना बढ्ने छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने सम्भावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मानसमेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईंलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन दिनुहोला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईंको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय