१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म



धनकुटा, २६ पुस

एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखि क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् ।

यस्तै धनकुटा बहुमुखि क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसाद अधिकारी, यज्ञप्रकाश चापागाँई र कर्मचारी गोविन्द खत्री जिल्ला सदस्य चयन भएका छन् ।

राई राससको महाप्रबन्धकमा बहाल रहेकै बेला एमाले जिल्ला कमिटी सदस्य बनेका हुन् । यता सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका बेला धनकुटामा एमालेले शिक्षक र कर्मचारीलाई जिल्ला सदस्य बनाएको हो ।

पत्रकार महासंघका पदाधिकारी तथा राजनितिक दलमा आवद्ध भएको विषयमा आलोचना भइरहेको छ ।

यस्तै पत्रकार मानवी मोक्तान पनि एमालेको जिल्ला सदस्य बनेकी छन् । मोक्तान रेडियो नेपालमा कार्यरत छिन् । राई र मोक्तान प्रेस चौतारी धनकुटाको तर्फबाट एमाले अधिवेशनको लागि प्रतिनिधि बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !