६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सन् २०१५ देखि २१ मा थिए इतिहासका सबैभन्दा सात गर्मी वर्ष, २०२१ कतिऔँ स्थानमा ?



सन् २०१५ देखि २०२१ काे बीचमा इतिहासका सबैभन्दा धेरै सातवटा गर्मी वर्ष कायम भएका छन् । २०२१ इतिहासकाे पाँचाैँ सबैभन्दा गर्मी वर्ष थियाे ।

सन् १८५० देखि १९००काे बीचमा औसत तापमानमा मात्र करीब १.१६ डिग्री सेल्सियस धेरै मापन भएकाे छ । १९९१ बाट २०२० काे औसत वार्षिक तापमानकाे तुलाना गर्दा २१ काे वार्षिक औसत तापमान ०.३ डिग्री सेल्सियस धेरै थियाे ।

याे जानकारी युरोपियन युनियनकाे कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस (सी3एस) द्वारा जारी वार्षिक रिपोर्टमा उल्लेख छ ।

रिपोर्टअनुसार २०२१ इतिहासका सात गर्मी वर्षमध्ये एक थियाे । विश्वमा कार्बनडाइक्साइड र मिथेनकाे स्तरमा पनि वृद्धि भएकाे छ ।

इतिहासका सबैभन्दा गर्मी वर्ष सन् २०१६ रेकर्ड भएकाे छ । याे वर्ष तापमान सामान्यभन्दा १.३२ डिग्री सेल्सियस बढी मापन भएकाे छ । त्यसपछि २०२० मा १.३१, २०१९ मा १.२८, २०१७ मा १.२२ डिग्री सेल्सियस, २०२१ मा १.१६, २०१८ मा १.१४ र २०१५ मा तापमान औसतभन्दा १.१४ डिग्री सेल्सियस धेरै मापन भएकाे छ ।

२०२१ का पहिलाे पाँच महिना सबैभन्दा गर्मी वर्षकाे तुलनामा अपेक्षाकृत रूपमा कम गर्मी थिए । तर, जूनबाट अक्टूबरकाे मासिक तापमान इतिहासकाे चौथाे सबैभन्दा गर्मी थियाे । पछिल्लाे ३० वर्ष (१९९१ बाट २०२०) का तापमान औद्योगिक कालकाे सबैभन्दा अगाडिकाे तापमानभन्दा ०.९ डिग्री सेल्सियस धेरै हाे ।

२०२१ मा युरोपले इतिहासकाे सबैभन्दा गर्मी मौसमकाे सामना गरेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस !