१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्राधिकरणले निरन्तर ताकेता गर्दा पनि इञ्जिनियर पदमा नाम निकाल्न सफल दुईजना अझै बुझ्न आएनन् नियुक्तिपत्र



काठमाडौं- कोभिड–१९ महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । यसको सबैभन्दा ठूलो दुस्प्रभाव अर्थतन्त्रमा छ । अर्थतन्त्र लयमा फर्कंन नसक्दा रोजगारी खुम्चिएको छ । जसले वेरोजगार हुनेको संख्या बढाएको छ ।

वेरोजगारी दर बढिरहेका बेला सरकारी जागिर अस्वीकार गर्ने कल्पना गर्न सकिँदैन । तर केही सरकारी कार्यालयमा स्थायी सेवामा नाम निकाल्न सफल भएका सम्पर्कमा आएका छैनन् ।

नेपाल विद्युत् प्राधिकरणको सातौं तहमा नाम निकाल्न सफल दुई इञ्जिनियर नियुक्तिपत्र बुझ्न नआएपछि उसले निरन्तर ताकेता गर्दै आएको छ।

प्राविधिक इलेक्टिक मनिष प्याकुरेल र प्राविधिक मेकानिकल सेवाका शुभेक्षा सापकोटा नियुक्तिपत्र बुझ्न नआएपछि सूचना जारी गरेर बोलाइएको तथापि हालसम्म सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !