५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

ए डिभिजन लिगको नवौं चरण शुक्रबारबाट, आफ्नो टिमबारे १० प्रशिक्षक के भन्छन् ?



काठमाडौं, २९ पुस

सहिद स्मारक ए डिभिजन लिगको नवाँै चरणका खेल भोलि (शुक्रबार)बाट सुरु हुँदै छन् । सुरुवाती तीन दिन दुई खेल हुनेछन् भने अन्तिम सोमबार एक खेलमात्र हुनेछ । हरेक खेल दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा विभागीय एपीएफ फुटबल क्लबले हिमालयन शेर्पा क्लबको सामना गर्दा दोस्रो स्थानको मनाङले नयाँ प्रतिद्वन्द्वी सातदोबाटो युथको चुनौती सामना गर्नेछ ।

दोस्रो दिन पुछारमा रहेको फ्रेन्ड्स बलियो आर्मी फुटबल क्लबसँग आमुनेसामुने हुनेछ । सोही दिन साँझ हुने खेलमा थ्री स्टारले अपराजित संकटाको सामना गर्नेछ ।

तेस्रो तथा आइतबार ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा सोही दिनको दोस्रो खेलमा रेलिगेशन जोनमा रहेका नेपाल पुलिस र च्यासल युथ क्लब भिड्नेछन् ।

सोमबारको अन्तिम खेलमा न्युरोड टिम एनआरटीले जावलाखेल युथको सामना गर्नेछ । नवाैँ चरणको खेलअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको पत्रकार सम्मेलनमा सहभागी १४ क्लबका १० प्रशिक्षक सहभागी भए । संकटा, शेर्पा, पुलिस र बीबीसीको प्रशिक्षक भने उपस्थित भएनन् ।

खेलअघि के भन्छन् प्रशिक्षकः

तोपे फुजा
मुख्य प्रशिक्षक, मनाङ मर्स्याङ्दी क्लब

सातदोबोटो नयाँ टिम हो । नयाँ खेलाडी छन् । सबै ए डिभिजनका क्लब राम्रा छन् । हामी कसैलाई कमजोर मान्दैनौं । हामी जित्नको लागि खेल्छौं ।

रत्नकाजी महर्जन
सहायक प्रशिक्षक, एपीएफ फुटबल क्लब

तयारी राम्रो भएको छ । तालमेलसमेत राम्रो छ । पछिल्लो खेलमा बल पोसेसनमा कमजारी भयौं । गोल पनि सदुपयोग भएन । त्यसलाई मध्यनजर गरेका छौं । बल होल्ड गरेर गोल निकाल्न खेल्छौं । रेलिगेशनबाट सुरक्षित अवतरणको लक्ष्यमा छौं । टिममा चोटको समस्या छैन । गोलरक्षक (जापानी) चोट लागेपनि त्यस्तो समस्या छैन ।

सुरज महर्जन
सहायक प्रशिक्षक, सातदोबाटो युथ क्लब

मनाङ एक राम्रो टिम हो । अघिल्लो खेलमा मनाङले राम्रो गोल गरेको छ । उसको मनोबल उच्च छ । हाम्रो पनि राम्रो छ । अभ्यासमा धेरै सुधार भएको छ । पोसेसन बाई राम्रो गरेका छौं । पहिलो पटक मनाङसँग खेल्दै छौं । हामी तीन अंकको लागि खेल्छौं । सुशील राई रेष्टमा हुनेछ । मनाङको अग्रपंक्ति र ‘सेट पिस’लाई रोक्न तयार गरेका छौं । सुरुमा हामीले जोशले खेल्यौै अहिले त्यस्तो भएको छैन । हाम्रो प्रशिक्षक समेत आगामी खेलमा उपलब्ध हुनुहुन्छ ।

नविन न्यौपाने
प्रशिक्षक– त्रिभुवन आर्मी फुटबल क्लब

तयारी राम्रो भएको छ । मुख्य कुरा अगाडि बढ्न तीन अंक महत्वपूर्ण छ । एनआरटीलाई जितेपछि मनोबल उच्च छ । तीन अंकको बिकल्प छैन । फ्रेन्ड्सलाई पनि तीन अंक आवश्यक्ता छ । हामीले सहज लिएका छ्रैनौं । उसका तीन विदेशी खेलाडी बलिया छन् । महत्वपूर्ण प्लेयरलाई रोक्न सक्याैँ भने, पाएका अवसर सदुपयोग गर्न सक्यौं भने जित्छौं । सन्तोष चोटका कारण उपलब्ध हुनेछैन ।

मृगेन्द मिश्र
प्रशिक्षक, फ्रेन्ड्स क्लब

आर्मी राम्रो छ । जसरी पनि जित्नै पर्नै दबाबमा छ । हामीले आर्मीविरुद्ध नजिते रेलिगेशनको धेरै चान्स छ । मछिन्द्रसँग खेलेको खेल खेल्छौं । जित्नको लागि खेल्छौं । पछिल्लो खेलमा अशिम भुषाल कप्तानमा नफापेको हो कि भनेर प्रिजेनलाई कप्तानी दिएका हौं । आर्मी राम्रो टिम हो । आर्मीलाई कुन चिजले विफल पार्न सक्छौं त्यही रणनीति बनाएका छौं । आर्मीविरुद्ध हामीलाई जित्नै पर्नेछ । त्यो जित्यो भने रेलिगेशनबाट बच्नको लागि सहज हुन्छ ।

उर्जन श्रेष्ठ
प्रशिक्षक, थ्रीस्टार क्लब

तयारी राम्रो छ । खेलाडीले राम्रो खेलेका छन् । पछिल्लो दुई खेलमा चार गोल गर्नु नै राम्रै हो । संकटा राम्रो टिम हो । टिमवर्क राम्रो छ । हाम्रो पनि राम्रो छ । अब आउने खेल टप हुन्छ । टप चारमा आउन चान्स छ । नयाँ स्टाइकर आएपछि गोल निस्किएको छ । ‘अट्याकिङ थर्ड’मा राम्रो भएको छ । अनन्त तामाङ (डिफेन्डर) खेल्न सक्दैन भन्ने छ । हामीसँग अनन्त नभएपनि विकल्प धेरै छ ।

प्रवेश कटुवाल
प्रशिक्षक –मछिन्द्र फुटबल क्लब

हाम्रो तयारी चलिरहेको छ । अन्तिम खेलपछि आठ दिनको विश्राम पाएका छौं । बीबीसी हेर्दा रेलिगेशन टिम भएपनि ‘टप फाइट’ दिएको छ । बीबीसीले पुलिसविरुद्ध बराबरी खेलेको छ । हाम्रो भन्दा मनाङको अगाडि खेल छ । उसको रिजल्ट हेरेर खेल्छौं । सबै खेल जितेर लिग दाबी गर्छाै । राष्ट्रिय टोलीको मैत्रिपूर्ण खेलका कारण सात खेलाडीले आहा रारा खेल्न गाह्रो हुन्छ । रेजिन सुब्बा आईसकेको छ । अभ्यासमा आएको छ । रिकवरी भएको छ । बल छोएको छैन ।

किशोर केसी
प्रशिक्षक, जावलाखेल युथ क्लब

अभ्यास राम्रो चलेको छ । चिसोले गर्दा खेलाडी बिरामी छन् । द्विविधा पर्न गएको छ । नौ खेलाडीले अभ्यास गरेको छैन । आजको अभ्यासमा १२ खेलाडी र किपर सहित १४ जना उपस्थित भए । रुघाखोकी लागेको छ । सबै कोभिड टेष्ट गरेर नै मैदान आएका छन् । खेलाडी निको हुँदै पनि आएका छन् । आराम गरेका छन् । एनआरटीविरुद्ध जित्नको लागि ट्याक्टिकल, फिजिकल र साईकोलोजी युज गर्छांै ।

राजुकाजी शाक्य
प्रशिक्षक, न्युरोड टिम एनआरटी

सधैँ तीन अंकको लागि खेल्ने हो । अन्तिम खेलमा राम्रो खेल्दा खेल्दै खेलाडीले खेल्न सकेन । त्यहीँ सुधार गरेका छौं । लिगमा धेरै खेलाडीमा कोरोना लागेको हल्ला छ । मेरोमा धेरै डाइरिया, रुघाँखोकी लागेको छ । यसमा खेलाडी सजक हुनुपर्छ ।

आशिख थापा मगर
सहायक प्रशिक्षक, च्यासल यथ क्लब

हाम्रो तयारी जित्ने हो । हारे रेलिगेशन र जिते बच्छौं । पुलिसविरुद्ध महत्वपूर्ण खेल हो । रेलिगेशनबाट बच्नेमा आशा अझै छ । कमल श्रेष्ठ र प्रदीपलाई कोरोना लागेको छ । कमलको ठाउँमा सागर थापाले खेल्छ ।


प्रतिक्रिया दिनुहोस !


उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

नेपाली सेनाको कानून विभागका मेजर डाँका मुद्दाका प्रतिवादी !



काठमाडौं । नेपाली सेनामा फौजदारी अभियोग लागेका व्यक्तिले जागिर खाइरहेको पाइएको छ । सेनाको कानूनी पाटो हेर्ने निकाय प्राड विवाकमा कार्यरत सेनानी राजकुमार रञ्जितकार डाँका मुद्दामा जिल्ला अदालत, काभ्रेबाट वारेन्ट जारी भएको व्यक्ति भएको खुलेको हो ।

जिल्ला अदालत, काभ्रेले रञ्जितकार प्रतिवादी रहेको मुद्दामा २०६३ सालमा फैसला गर्दा उनी फरार रहेकाले डाँका सम्बन्धी अभियोग मुल्तबीमा रहने भनिएको थियो । अदालतमा प्रहरीले बुझाएको प्रतिवेदन अनुसार ६ वैशाख २०५८ को राति काभ्रेको साबिक टुकुचा नाला गाविस–६ स्थित यदुराज गिरीको घरमा डकैती भएको थियो ।

त्यसवेला इलाका प्रहरी कार्यालय, बनेपामा बुझाइएको जाहेरीमा झण्डै ६०/७० जना सशस्त्र माओवादीसहित घर घेरेर ३२ लाख ५६ हजार ५ सय बराबरको धनमाल डाँका गरिएको भन्दै खोजतलास गरिदिन भनिएको छ ।

गिरीले दिएको हुलिया अनुसार डकैतीमा संलग्न शिवप्रसाद दाहाल पक्राउ पर्दा गाडीमा पुरानो हाँडीभित्र पुरानो नोट १० को २५१ वटासहित सुन र चाँदीका गरगहना बरामद भएको थियो । उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै भरत सापकोटा नामक व्यक्तिलाई पोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: