१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

फ्रान्स, भारत र जापानलाई पछार्दै खतरानाक हाईपवरसोनिक मिसाइल क्लबमा पुग्यो उत्तर कोरिया



काठमाडौं । उत्तर कोरियाले देशका सर्वोच्च नेता किम जोङ उनको निगरानीमा देशले अर्को एउटा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको जानकारी दिएपछि त्यसको विभरी तरंग फैलियो । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार मिसाइलको परीक्षण मंगलबार गरिएको थियो । मिसाइलले १००० किलोमीटर टाढासम्मको सटीक लक्ष्य पुरा गरेको थियो । यो आफ्नै लक्ष्यमै झरेको बताइएको छ । यो तीव्र दरमा मार हान्न सक्षम रहेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइलको परीक्षण गरेको छ जुन ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको पहिचानमा आउनबाट बच्न सक्छ । किम जोङ उनले नयाँ वर्षको अवसरमा दिएको भाषणपछि एकै साताभित्र देशले दुईवटा मिसाइल परीक्षण गरेको छ । गत वर्षको नोभेम्बरमा चीनको आकाशमा अत्यन्त तीव्र गतिबाट रकेट जस्तो कुनै वस्तु उडेको देखियो । लगभग पुरै पृथ्वीलाई फेरो लगाएपछि यो आफ्नो लक्ष्यको ४० किलोमीटर वर नै झरेको थियो । जानकारहरुलाई विश्वास गर्ने हो भने यो नयाँ किसिमको हाइपरसोनिक मिसाइल थियो । यद्यपि चीनले यसलाई अस्वीकार गरेको छ ।

तर यो साँचो हो कि आवाजको गतीभन्दा कयौँ गुणा तीब्र गतिमा चल्ने मिसाइलहरु अमेरिका, चीन र रुसबीच हतियारको रेसको कारण बनिसकेको छ । अब यो रेसमा उत्तर कोरिया पनि समावेश भएको छ । यसै सन्दर्भमा हाइपरसोनिक मिसाइल के हो र यो हाम्रा लागि किन सबैभन्दा चिन्ताको विषय बन्न सक्छ भन्नेबारे जानकारी लिऔँ ।

डाक्टर गुस्ताव ग्रेसल अस्ट्रियाका रक्षा मन्त्रालयमा काम गरिसकेका छन् र विदेशी मामिलाका युरोपेली परिषदका सिनियर पोलिसी फेलो हुन् । उनी भन्छन्, ‘यु्द्धको इतिहास जत्तिको पुरानो छ, त्यत्तिकै पुरानो छ हावामा वस्तु पठाएर हमला गर्नु। पहिलेको समयमा ढुंगा वा फलामको गोला फ्याक्न विशाल गुलेली र तोप जस्ता हतियार हुन्थे । इन्जिनको प्रयोग गरेर वस्तुलाई अझै टाढासम्म फ्याँक्ने इच्छाले मिसाइल प्रविधिलाई जन्म दियो । सन् १९३० को दशकमा यो प्रविधिलाई जर्मनीले अझै राम्रो बनायो । ’

ग्रेसल भन्छन्, ‘जर्मनीको आइश्क्वेयर सेनाको समयमा रकेट वा मिसाइल प्रविधि विकसित गर्ने विषयमा ध्यान गयो । यसका लागि उसले हजारौँ वैज्ञानिक जम्मा ग¥यो र यस प्रविधिसँग जोडिएको इन्जिनियरिङको धेरैजसो समस्यालाई छिचोल्यो ।’ प्रथम विश्व युद्धको अन्त्यमा भएको वार्सा सन्धीले जर्मनीलाई वायु सेना राख्ने र सैन्य प्रविधि विकसित गर्न प्रतिबन्ध लगायो । तर रकेट प्रविधिको बारेमा यसमा केही गरिएन । किनकी यो प्रविधि उक्त समयमा विकसित गरिएको थिएन ।

जर्मनीले यसमा काम सुरु ग¥यो र दोस्रो विश्वयुद्ध समाप्त भएपछि नयाँ हतियार बनायो । जहाँ पीन नदी बाल्टिक सागरसँग मिल्छ यसैको आडमा पीनम्युन्डे नामको एउटा स्थानमा जर्मनीले विश्वकै पहिलो सबैभन्दा ठूलो र आधुनिक हतियार अनुसन्धान केन्द्र बनायो । यो स्थानमा उसले ४०० किलोमिटरको परीक्षण क्षेत्र पाएको थियो । ग्रेसल भन्छन्, ‘जर्मनीले दुई अत्यन्त फरक तरिकाले अनुसन्धान कार्यक्रम चलायो । बी–१ र बी–२ जस अनुसार कम दुरीका र अधिक दुरीका मिसाइल बनाइयो । दुवै एक अर्कासँग विलकुल फरक तरिकाका हतियार थिए ।

यसलाई वेन्जिएन्स वेपन अर्थात् बदलाको हतियार भनियो । वी–१ जेट इन्जिनको माध्यमबाट टाढासम्म प्रहार गर्न सकिन्थ्यो । यसबाट बम प्रहार गर्न सकिन्थ्यो । यसलाई क्रुज मिसाइलको पूर्वज भन्न सकिन्थ्यो । यसैगरी आवाजको गती भएको वी–२ लामो दुरीसम्म मार हान्न सकिने मिसाइल थियो । यद्यपि, दुवैमा त्रुटि थियो । वी–१ छिट्टै तातेर बाटो भुल्थ्यो भने वी–२ पनि समस्याका कारण हिटलरले अमेरिकाविरुद्ध यसको प्रयोग गर्न सकेनन् ।

युद्धको समयमा जर्मनीले लन्डन, एन्टवर्प र पेरिसमा मिसाइल हमला गर्यो । तर यसले युद्धको दिशा भने फेरिएन । पछि यो परियोजनामा काम गर्ने वैज्ञानिक हतियार अनुसन्धान र स्पेस मिसनमा काम गर्नका लागि अमेरिका र सोभियत संघ गए । दुबै मुलुकले आफ्नो सेनाको शक्ति बढाउन मिसाइल प्रविधिलाई अझै परिमार्जन गर्ने काम गरे ।

हाइपरसोनिक मिसाइल

जर्मनीका यी हतियार आजसम्म क्रुज र ब्यालेस्टिक मिसाइलको नामले चिनिँदै आएका छन् । क्रुज मिसाइलले पृथ्वीको सतह भन्दा थोरै मात्र माथि उठेर कम दुरीसम्म मात्रै मार हान्न सक्छ । जबकी ब्यालेस्टिक मिसाइल वायुमण्डलबाट बाहिर जान्छ । हजारौँ किलोमिटर टाढासम्म मार हान्न सक्छ ।

डाक्टर लारा गेग्रो म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा रिसर्च फेलो हुन् । उनका अनुसार सटिक निशाना लगाउने र दुश्मनको आँखाबाट लुक्नका लागि हावामै आफ्नो चाललाई नियन्त्रण गर्न सक्ने क्षमता मिसाइलका लागि जरुरी छ । आधुनिक हाइपरसोनिक मिसाइल यस्तो गर्नमा सक्षम हुन्छन् ।

उनी भन्छिन्, ‘एरोडाइनामिक फोर्सको प्रयोग गर्दै यो आफ्नो बाटो फेर्न सक्छ । यसको आकार विशेष तरिकाबाट डिजाइन गरिन्छ । यसो गर्नाले यो आफ्नो बाटो फेर्न सक्छ । यो वायुमण्डलमा तल–माथि र दायाँ–बायाँ गर्न सक्छ ।’ यो क्षमताका कारण शत्रुुको नजरबाट लुकेर यसले हमला गर्न मद्दत गर्न सक्छ । यस्तो खालको मिसाइललाई ट्रयाक गर्न मुश्किल नभएको लारा बताउँछिन् । यो हाइपरसोनिक मिसाइलको गती ५ म्याकको रहेको बताइएको छ । यो आवाजको गती भन्दा पाँच गुणा बढी हो ।

फ्रान्स, भारत, जापान, चीन र अस्ट्रेलिया पनि हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । तर यस मध्य सर्वाधिक आधुनिक प्रविधि अमेरिका, रुस र चीनसँग छ । युनिभर्सिटी अफ ह्यामबर्गको इन्सटिच्यूट फर पीस रिसर्च एन्ड सेक्युरिटि पोलिसीमा रिसर्च फेलोकी डा। मरिना फवारोका अनुसार विश्वका ठूला शक्ति सैन्य प्रविधिको मामिलामा एक अर्काको अगाडि हुने होडमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


मोरङको उखुबारीमा बिहीबार अर्को शव पनि भेटियो



काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा बिहीबार अर्को शव भेटिएको छ । प्रहरीले सो ठाउँमा बुधवार पनि पुरुषको शव उत्खनन गरेको थियो । खाल्डोबाट निकालिएका दुई मध्ये बिहीबार फेला परेको शवको पहिचान खुलेको छ । बुधवार शव निकालिएको ठाउँभन्दा करिब २५ मिटर पर सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठका शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।

शव उत्खनन गर्दा राजेन्द्र कुमार श्रेष्ठको पर्स भेटिएको छ । सो पर्समा रहेको सवारी चालक अनुमति पत्रको आधारमा शव पहिचान गरिएको डिएसपी श्रेष्ठले बताए । बुधवार फेला परेको शव पनि पुरुष व्यक्तिको हो । मृतक राजेन्द्रकुमारका आफन्तले उनी भक्तपुरको लोकन्थली बस्ने गरेको प्रहरीलाई जानकारी दिएका छन् । उनी जग्गाको काम गर्थे । भक्तपुरबाट बोलाएर उनलाई हत्या गरेर पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुवैजनाको शव सडेको अवस्थामा भेटिएको छ । ‘पोष्टमार्टमछि मृत्युको कारण खुल्छ, त्यसपछि थप अनुसन्धान अघि बढाउँछौं’ डिएसपी श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस !

मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : उपेन्द्र यादव



जनकपुरधाम, १३ माघ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: