५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्‍याे पहिलो बजेट



तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् । सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख डलर) अनुमोदन गरेको हो । सम्पूर्ण खर्च सरकारी संस्थाहरुबाट बेहोर्ने जनाएको छ । महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले जनवरीको अन्त्यदेखि तलब पाउने प्रवक्ता हक्मालले बताए । त्यस्तै, तालिवान सत्तामा आएपछि कार्यलय जान नपाएका महिला कर्मचारीलाई पनि तलब दिइने उनले बताए ।

अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहेको थियो । यसअघि तालिवान सत्तामा आउनुअघिका सरकारले सार्वजनिक गर्ने बजेटको ८० प्रतिशत स्रोत विदेशी सहयोग हुने गथ्र्यो । तर, तालिवान सत्तामा आएसँगै पश्चिमा देशहरुले अबौं डलर सहयोग रोक्का गरिदिएका छन् । अन्तर्राष्ट्रिय सहयोग रोक्का भएपछि अफगानिस्तानमा आर्थिक संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ ।

‘पछिल्लो दुई दशकमा पहिलो पटक हामीले विदेशी सहयोगमा निर्भर नहुने गरी बजेट घोषणा गरेका छौं, जुन हाम्रा लागि ठूलो उपलब्धी हो,’ तालिवान सरकारका अर्थमन्त्रालयका प्रवक्ता अहमद वाली हाकमलले भने ।


प्रतिक्रिया दिनुहोस !


वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: