५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

न्युजिल्यान्डका यी व्यक्तिको कानभित्र छिरेको साङ्लो तीन दिनपछि यसरी निकालियो



एउटा अनौठो घटनामा न्युजिल्यान्डका एक व्यक्तिले आफ्नो कानभित्र साङ्लो पसेको तीन दिनपछि थाहा पाएका छन् । कानमा सलङ सलङ गर्न थालेपछि जान विडिङले सुरुमा कानभित्र पानी पसेछ भन्ने अनुमान गरे । किनकी तीन दिनअघि उनी एउटा स्थानीय स्विमिङ पुलमा पौडी खेल्न गएका थिए । पौडी खेलेपछि त्यो रात कान हल्लाउदै उनी निदाए । भोलीपल्ट व्युँतदा उनको कान बुझिएर टम्म भयो र कानबाट अनौठो आवाज आउन थाल्यो ।

कानमा खुसल खुसल भइरहेपछि उनी चिकित्सकहाँ पुगे । चिकित्सकले लाइट बालेर उनको कान खोजल्न थाले । उनलाई एन्टिबायोटिक औषधि दिइयो । हेयर ड्रायरले दुखेको कानमाथिको भाग सुक्का पार्न चिकित्सकले सुझाव दिए ।

औषधिले उनलाई केही भएन । उनले एउटा कान नै सुन्न छोडे र सुत्न पनि सकेनन् । उनलाई झन गा¥हो भयो । त्यसपछि उनी नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञकहाँ गए । चिकित्सकले उनको कानभित्र किरा पसेको पत्ता लगाए । तत्कालै कैचीजस्तो एउटा उपकरणले उनको कानबाट किरा निकाले । त्यो थियो साङ्लो । चिकित्सकका अनुसार सो साङ्लो अरु केही दिनसम्म झिक्न् नपाएको भए उनको कान बन्द हुन्थ्यो ।

केही महिनाअघि भारतमा एक व्यक्तिको नाकको प्वालबाट छिरेको साङ्लो दिमागमा पुगेपछि शल्यक्रिया गर्नुपरेको विवरण सार्वजनिक भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

देशभरका विद्यालयमा माघ १६ देखि २० सम्म खोप अभियान चलाइने



काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विदालय खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: