१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

‘अल्ट्रा ट्रेल’ रनिङ जितेपछि चर्चामा कर्णालीकी सुनमाया



सुर्खेत, ३० पुस

भनिन्छ नि, गरेपछि के सम्भव हुँदैन । जसको एक उदाहरण हुन् जुम्लाकी सुनमाया । उनको नाम यतिबेला विश्वभरी परिचित भएको छ । कर्णालीको दुर्गम जिल्ला जुम्लाको विकट ठाउँ पातरासी गाउँपालिकाको पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा उमेरले अहिले २३ वर्षकी भइन् ।

केही समयअघि थाइल्याण्डमा सम्पन्न थाइल्याण्ड बाई युटीएमबी ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम भएकी हुन् । सुनमायाले पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी समेत गरेकी छन् ।

धावक सुनमायाको यो जितसँगै उनको राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा चर्चा भइरहेको छ । थाइल्याण्डको च्याङ्ग माइमा भएको खेलमा एसियामा सबैभन्दा ठूलो ‘ट्रेल रेस’को रुपमा सञ्चालित छ । त्यहीको आयोजनामा गरिएको उक्त खेलमा सुनमाया महिला विधातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’ मा प्रथम भएकी थिइन् ।

सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनट एक सेकण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् । सुनमायाले राईभन्दा निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन् । महिलातर्फ नेपालकी मिरा राई दोस्रो भइन् भने थाईल्याण्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् ।

सुनमायाको एउटा सामान्य किसान परिवारमा जन्म भएको हो । सुनमायाले कक्षा ७ मा अध्ययन गर्दागर्दै उनको ध्यान खेल र खेलाडी तिर तानियो । त्यसपछि सुनमायाले विद्यालय स्तरीय राष्ट्रिपति रनिङ शिल्डबाट खेलको यात्रा सुरुवात भएको बताइन् । सुनमायालाई झनझन् खेलप्रति रूची बढ्दै गयो ।

तर, सुनमायाको घरमा बुबा आमाको चाहना भनेको छोरीले सरकारी जागिरे हुनुपर्छ भन्ने थियो । जब सुनमायाले कक्षा १० को परीक्षा दिइन् । गाउँमा राम्रो शिक्षा सिकाई नहुने भएकाले सुनमायाले जिल्ला बाहिर गएर कुनै नयाँ विषय अध्ययन गर्ने प्रस्ताव घरमा राखिन् । तर, परिवारमा आर्थिक स्थिति कमजोर भएका कारण कुरा अन्तै मोडियो ।

सुनमाया भन्छिन्, ‘बाबा आमाले बाहिर पठाएर पढाउन सक्ने अवस्था थिएन । आर्थिक अवस्था कमजोर थियो । पढाउनुभन्दा बरु बिहे गर, उतै पढ्नु भन्नुभयो । मैले बिहे गर्दिनँ भनेर घरबाट कसैलाई नसोधेरै सदरमुकाम खलङ्गा गएको अहिले सम्झिन्छु ।’

सुनमायाको खेल यात्रा

अध्ययन गर्ने सपना बोकेर जुम्ला सदरमुकाम सिँजा पुगेकी सुनमाया कलेजभन्दा पनि खेलतिर बढी केन्द्रित भइन् । उनी भन्छिन्, ‘कलेज म एक दुई हप्ता मात्र गएँ । बाँकी समय पुरै रनिङ गर्न थालँे । सुरुसुरुमा सबैले मलाई गेम नखेल पैसा आउँदैन भन्नुहुन्थ्यो । तर, महिले खेलप्रतिको चाहनालाई त्याग गर्नै सकिन । निरन्तर आफ्नो यात्रा तय गरिरहँ ।’

सुनमायाले विद्यालय स्तरमा हुने खेलमा समेत पुरस्कारहरू जितेकी छन् । यसअघिका विभिन्न दौडमा धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआईजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वल्ड ट्रेल सिरिजमा सहभागी भएको र पदक जितेको सुनमायाले सुनाइन् ।

सुनमाया आफ्नो यहाँसम्मको यात्राको मुख्य श्रेय हरि रोकाया गुरुलाई दिन्छिन् । सुनमायाले गुरु जस्तै बन्नको लागि निरन्तर खेलतिरै लगाब राखिन् । उनी भन्छिन्, ‘गुरुले जति गेमहरू जित्नुभयो । म पनि गुरु जस्तै गेमहरू जित्नसक्छु नि भन्ने आँट गर्थे । त्यसैले महिले सन् २०१६ देखि रनिङ गर्न थालेकी थिएँ ।’

त्यसपछि पहिलो पटक ‘ट्रेल रेस’ मा सहभागी हुन काठमाडौंको गोदावरीमा गएको बताउँछिन् । त्यहाँ १२ किलोमिटरको ‘ट्रेल रेस’ समेत सुनमायाले जितेकी हुन् । उनलाई त्यतिबेला ‘ट्रेल रेस’को बारेमा खासै जानकारी थिएन् । तर, जुम्लाबाट सुनमायाका गुरु हरिले गेम खेल्न भनेर गोदावरी पठाए । सुनमायाले त्यो खेल जितेपछि त्यहीबाट नै आफ्नो ‘अल्ट्रा ट्रेल’ रेस रनिङको यात्रा तय भएको बताइन् ।

पढ्न पठाएको छोरी हाल यसरी खेलाडी बनेर आउँदा सुनमायामा बुबाआमा खुसी भएका छन् ।

‘बुबआमा गाउँमै हुनुहुन्छ, खुसी हुँदै अझै राम्रो गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ ।, हुन त यसअघि पनि मैले धेरै देशहरूमा खेल खेलिसकेको थिएँ’, भावुक हुँदै सुनमायाले भनिन्, ‘महिले देश बाहिर गएर धेरै खेलहरू पनि जितेकी छु । तर, कसैलाई थाहा हुँदैनथ्यो । एक्लै नेपालबाट बारिह जाँदा निकै पीडा हुन्थ्यो । मेरो घर त जुम्ला । अन्य खेलाडीहरूलाई बिदाइ गर्दा एरपोर्टमा फूलमाया लगाएर गरिन्थ्यो । मेरो त काठमाडौंँमा कोही हुनुहुन्थ्यो । कहिले काहीँ त एक्लो महसुस पनि हुन्थ्यो । एक्लै जाने आउने गर्थेँ ।’

दौडमा भाग लिएका देशहरू

सुनमायाले थाइल्याण्ड, स्विटजरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रिेलिया लगायतका देशहरूमा आयोजित दौड प्रतियोगितामा सहभागिता जनाइसकेकी थिइन् । करिब ६ वर्षअघि ‘अल्ट्रा ट्रेल’ रनिङमार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छिन् ।

सुनमायाको लगाव तथा दौडमा विश्वस्तरीय क्षमता देखेर नै एसियाकै प्रसिद्ध ‘द नर्थ फेस एडभेन्चर टिम’ले उनलाई पूर्णकालीन खेलाडीका रूपमा अनुबन्ध गरेको थियो । योसँगै सुनमायाले निःशुल्क प्रशिक्षण, पोषणयुक्त खाना, दौडसम्बन्धी सामग्री मात्र होइन, तलबसमेत पाउँछिन् ।

एसिया प्यासिफिक एडभेन्चर कम्पनीद्वारा सन् २००६ मा हङकङमा स्थापित साहसिक ‘कर्णाली स्पोर्ट्स क्लव’मार्फत सुनमायाले क्षेत्रीय दौड प्रतियोगिताहरूमा खेलेको अनुभव सुनाइन् । सन् २०१६ मा भएको १५२ किलोमिटरको मनास्लु माउन्टेन ‘ट्रेल रेस’मा प्रथम भएपछि भने उनीप्रति धेरैको ध्यान केन्द्रित भएको थियो ।

कर्णाली सरकारद्वारा सुनमायालाई सम्मान

गत सोमबार बिहान सुर्खेत विमानस्थलमा र त्यसपछि प्रदेश सरकारले स्वागत तथा सम्मानसमेत गरेको छ । सुनमायालाई सोमबार बिहान सुर्खेत विमास्थलदेखि मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो ।

उनको स्वागत गर्दै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले महत्वपूर्ण काम गरिरहेको बताए ।

साथै मुख्यमन्त्री शाहीले प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । सुनमायालाई प्रदेश सरकारले दुई लाख रुपैंया पुरस्कार दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


सन्दीप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण श्रेणी ए मा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गरेको हो । क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो । पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड एमा रहेका छन् ।

ग्रेड बीमा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहँदा ग्रेड सीान कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड एुमा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् । यस्तै ग्रेड बीमा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड सीमा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: