१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

उकालो चढ्यो कोरोना ग्राफ- पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु



काठमाडौँ, ३० पुस

पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हजार ५६० वटा नमुना परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना पोजेटिभ देखिएको हाे ।

मन्त्रालयका अनुसार १३ हजार ४७४ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार २०४ जनामा र सात हजार ८६ जनामा एन्टिजेन परीक्षण गर्दा ८८३ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय