१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

वीर अस्पतालका ३० जना बढी कर्मचारीलाई कोरोना संक्रमण



काठमाडौं । वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । गएको दुई दिनयता यति धेरै कर्मचारीलाई संक्रमित भएको अस्पतालले जनाएको छ ।

कोभिड-१९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको बस्नेतले बताउनुभयो । 

पछिल्ला समय कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । 

बिहीबार मात्र एकैदिन त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

केही दिनयता अस्पतालमा कोरोना संक्रमितको भर्ना हुने दर बृद्धि भएको छ । एकै रातमा वीर अस्पतालमा १४ जना संक्रमित अस्पताल भर्ना भएको उहाँले बताउनुभयो । 

अहिलेकै रफ्तारमा भर्ना संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने उनको भनाइ छ । हाल वीरमा ५३ जना संक्रमितको उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: