४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

बन्दिपुरमा जीप दुर्घटना ४ जनाको मृत्यु, ८ जना घाइते



तनहुँ । तनहुँको बन्दिपुर-६ सारङघाटबाट धरमपानी बाक्से आउँदै गरेको जीप दुर्घटना हुँदा नौ महिने शिशुसहित ६ जनाको मृत्यु भएको छ । ग १ ज ६५५५ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट करिब दुई सय मिटर  खस्दा एउटै गाउँका बालिकासहित चारजनाको घटनास्थलमै मृत्यु भएको बन्दिपुर प्रहरी चौकीले जनाएको छ ।

बन्दिपुर-६ बाक्से हटियामा भएको दुर्घटनामा बन्दिपुर-६ धरमपानी बस्ने ९ महिने बालिका आरुबी थापासहित सोही ठाउका २४ वर्षीय रोशन गुरुङ, ५३ वर्षका हरिबहादुर न्यौपाने, ४८ वर्षीया शुसिलादेवी न्यौपानेको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

यस्तै, दुर्घटनामा परी घाइते भएका ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले बताए । दुर्घटनामा परी घाइते भएका ८ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको र एक जनाको अवस्था गम्भीर रहेको अध्यक्ष थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय