५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

योगेश भट्टराईलाई कारवाही गरेरै छोड्छु : मन्त्री आले



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले पूर्वमन्त्री योगेश भट्टराईलाई कारवाही गर्ने चेतावनी दिएका छन् । तत्कालीन पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली नागरिकको उद्धारका लागि गरिएको प्लेन चार्टरका क्रममा तोकिएको भन्दा ४ गुण बढी भाडा लिएको आरोपसमेत मन्त्री आलेले लगाएका छन् ।

एक टिभी कार्यक्रममा बोल्दै मन्त्री आलेले उक्त विषयमा हाल छानबिन समितिले अध्यायन गरिरहेको बताउँदै उक्त प्रतिवेदन आएपछि दोषी देखिने कसैलाई नछोड्ने बताएका हुन् ।

उनले भनेको छन्, ‘जुन बेला देश कोरोनाले आक्रान्त बनेको थियो, त्यो बेला विदेशमा भएका नेपालीहरु हाम्रा श्रमजीवी मजदुरहरु आफ्नो देश फर्किने बेला पनि भट्टराईले चार्टर्ड फ्लाईटको हवाला दिए । सहसचिव सुरेश आचार्यको संयोजककत्वमा ४ सदस्यीय छानबिन समिति बनाएर विमान कसरी चार्टर्ड गर्ने, कसरी ट्राभल मेनेजमेन्ट गर्ने र भाडा कति लिने भन्नेबारे प्रतिवेदन तयार गरेर स्पष्ट पारेको तर भट्टराईले पेन्डिङमा राखेर सार्वजनिक नगरी लुकाएको यसअघिको प्रतिवेदनले जनाइसकेको छ।’

योगेश भट्टराईको कर्तुतबारे भट्टराईपछि मन्त्रालय सम्हाल्न आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनले नै छर्लंग गरिसकेको मन्त्री आलेले बताएका छन् ।

‘भट्टराईपछि मन्त्रालयमा आएका उमाशंकर अगरियाले गत असारमा बनाएको छानबिन समितिले निकालेको प्रतिवेदनमा योगेश भट्टराईले भ्रष्टाचार गरेको निष्कर्ष निकालिएकाे छ । उक्त प्रतिवेदनमा खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा दोब्बर मात्रै नभइ चौबल भाडा समेत लिएको निष्कर्ष निकालिएको प्रमाण छ,’ मन्त्री आलेले भने  ।

सो प्रतिवेदनले नै तत्कालीन मन्त्रीलाई कारवाही गर्न सिफारिस गरे पनि त्यसको सुनुवाइ नभएको उनले बताएका छन् । आफू मन्त्रालयमा आएपछि पुनः छानबिन समिति बनाएर अध्ययन गरिरेको उनले बताए । १० दिनको मिति राखेर प्रतिवेदन तयार गर्न निर्देशन दिएको उनको भनाइ छ ।

१० दिनभित्र आएको प्रतिवेदनपछि पत्रकार सम्मेलन गरेर योगेश भट्टराई नै दोषी भए पनि नछोड्ने उनले चेतावनी दिएका हुन् । उनले उक्त भ्रष्टाचारमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेल नै दोषी भए पनि नछोड्ने चेतावनी दिए ।

मन्त्रालय मातहतको जो-कोहीले कमजोरी गरे पनि मन्त्री भागेदार हुनुपर्ने र जिम्मेवार हुनुपर्ने मन्त्री आलेको भनाइ छ । थाहा छैन/थिएन भनेर भाग्न नमिल्ने उनले बताए । आपत्तिको बेला नागरिकको अभिभावक बन्नुपर्ने मन्त्रीले नै कमाउ धन्दाका लागि कागज नै लुकाएर तोकिएभन्दा ४ गुणा बढी भाडा लिएर जनताको ढाड सेकाउनु जत्तिको ठूलो अपराध केही नभएको पिन मन्त्री आलेको तर्क छ ।


प्रतिक्रिया दिनुहोस !


नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

देशभरका विद्यालयमा माघ १६ देखि २० सम्म खोप अभियान चलाइने



काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विदालय खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: