५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

वार्षिक न्यूनतम तलब ७० लाख हुने गरी नेपाली नर्स लैजान बेलायतसँग श्रम सम्झौता हुँदै



नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन् । दुवै देशका अधिकारीबीच भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट दुवै देशबीच समझदारी गरी नेपाली श्रमिकलाई बेलायतमा रोजगारीको व्यवस्था गर्ने सहमति भएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

नेपाली नर्सलाई रोजगारी दिनका लागि बेलायत तयार भएको छ । यसअघि बेलायतले नर्सलाई रोजगारी दिने भनिएको भएपनि औपचारिक निर्णय भने भएको थिएन । नर्स लैजाने विषयमा बेलायतले नेपालसँग आगामी मार्चसम्म श्रम सम्झौता गर्ने तय भएको छ ।

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको वार्ताबाट यस्तो सैद्धान्तिक सहमति जुटेको उनले जनाए ।

बेलायती श्रमिकले पाउने जत्तिकै न्यूनतम तलब र सुविधा नेपाली श्रमिकले पनि पाउने उनले जनाए । । ‘बेलायतको नर्सको तलब वार्षिक न्यूनतम ४९ हजार पाउण्ड रहेछ, अब सहमति अनुसार नेपाली नर्सले पनि सोही सुविधा पाउनेछन्,’ घिमिरेले भन्नुभयो । ४९ हजार पाउण्ड भनेको नेपाली लगभग ७० लाख रुपैयाँ बढी हुन आउँछ’ उनले भने ।

नेपालले जति संख्यामा नर्स उपलव्ध गराउनसक्छ त्यतिनै नर्सलाई बेलायतले रोजगारीको अवसर दिने बताएको घिमिरेले जानकारी दिए । ‘हामीले जति नर्स दिनसक्छौ‌ त्यतिनै लिने भन्ने कुरा भएको छ, बेलायत सरकार आफैंले सम्पूर्ण खर्च व्यहोरेर नर्स लैजाने सहमति भएको छ,’ घिमिरेले भने ।

नेपाली नर्स लैजाने मोडालिटीको बारेमा भने टुङ्गो नलागेको उनले बताए । नर्स लैजाने भन्ने विषयमा दुईदेश बीच पहिलो वार्ता भएकाले मोडालिटीबारे थप छलफल गरि टुंग्याइने प्रवक्ता घिमिरेले बताए । अहिले नेपालमा ६७ हजारबढी नर्स नेपाल नर्सिङ परिषद्मा दर्ता छन् ।


प्रतिक्रिया दिनुहोस !


रुसले युक्रेनमा आक्रमण गरे चर्को मूल्य चुकाउनु पर्ने नेटोको चेतावनी



एजेन्सी । रुसले युक्रेनको सीमामा ठूलो संख्यामा सैनिक पठाएको र उनीहरुले कुनै पनि बेला युक्रेनमा हमला गर्नसक्ने ह्वाइट हाउसले बताएको छ । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले युक्रेनका लागि स्थिति निकै खतरनाक बनिरहेको जानकारी दिएकी छिन्  ।

उनका अनुसार विदेशमन्त्री एन्टनी ब्लिंकनले मंगलबार यो मुद्दामा आफ्ना समकक्षी सर्गेई लेवरोयसँग चर्चा गरेको र दुबै नेता छिट्नै जेनेभामा भेट गर्नेबारे सहमति बनेकोसमेत बताइन् । 

समाचार एजेन्सी एएफपीका अनुसार यो भेट शुक्रबार हुँदैछ । यसअघि ब्लिंकन युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेकी छिन् । 

जेन साकीले भनिन्, ‘स्थिति असाध्यै खतरनाक भइरहेको हाम्रो मान्यता छ । हामी अब त्यो चरणमा छौँ जहाँ रुस जुनसुकै बेला पनि युक्रेनमाथि हमला गर्नसक्छ । आफ्ना समकक्षीसँगको छलफलमा विदेशमन्त्रीले यो स्थितिलाई कुटनीतिक तरिकाले हल गर्ने कुरामा जोड दिनेछन् । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले उनीहरुले आर्थिक प्रतिबन्ध चाहिन्छ कि चाहिँदैन भनेर आफ्नै निश्चित गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

रासस र महिला आयोगको बीचमा घरबहालका विषयमा किचलो



काठमाडौं । भद्रकालीस्थित राष्ट्रिय महिला आयोगले भाडामा लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक फ्ल्याटको मासिक भाडा १ लाख ५२ हजार तिर्छ । आयोगले स्थापनाकालदेखि बस्दै आएको राष्ट्रिय समाचार समिति (रासस) ले तीनतले भवनको मासिक भाडा भने १ लाख ३८ हजार मात्रै तिर्दै आएको छ, जुन सरकारको प्रचलित घरबहाल दररेटभन्दा सस्तो हो ।

समग्र महिलाको मूलप्रवाहीकरण, समानता र सशक्तीकरणका लागि काम गर्दै आएको संवैधानिक आयोग २०५८ फागुन २३ मा स्थापना भएको थियो । आयोग र राससबीच २०५९ साउनमा भएको द्विपक्षीय सम्झौतामा सुरुमा वार्षिक १० लाख भाडा तिर्ने र नियमअनुसार बर्सेनि १० प्रतिशतका दरले भाडादर वृद्धि हुने सर्त थियो । सम्झौताअनुसार हाल वार्षिक भाडादर १६ लाख ५६ हजार पुगेको छ ।

दुई वर्षअघि काठमाडौं महानगरको वडा नं. ११ ले तत्कालीन महानगरको बहाल कर प्रयोजनका लागि वर्गीकरण गरेको क्षेत्रअनुसार महिला आयोग बस्ने भवन र पार्किङ क्षेत्रको घर भाडा मूल्यांकन गरेर कर तिर्न पत्र पठायो । वडाले २०७६ मंसिर २४ मा गरेको पत्राचारअनुसार आयोग बस्ने भवनको ४ हजार १ सय ८६ वर्गफिट र पार्किङ रहेको २ हजार २ सय ८१ वर्गफिटको मासिक भाडा १ लाख ९० हजारका दरले वार्षिक २२ लाख ८० हजार पर्ने हुँदा सोको १० प्रतिशत कर वडामा बुझाउनुपर्ने उल्लेख गरेको थियो । जबकि त्यतिबेलाको मूल्यांकनभन्दा वार्षिक ६ लाख २४ हजार कम दरमा आयोगले राससलाई भाडा तिर्छ ।

प्रचलित घरबहाल दररेटअनुसार भाडादर परिमार्जन गर्न सम्झौताका लागि आयोगलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाइ नगरेपछि राससले गत साउन ८ मा तीन महिनाको समय दिँदै भवन खाली गर्न पत्राचार नै गर्‍यो । यसअघि दुई/दुई वर्षमा नवीकरण गर्ने गरी आयोग र राससबीच बहाल सम्झौता भएको थियो । पछिल्लो सम्झौताको म्याद गत असार मसान्तमा समाप्त भइसकेको छ । भाडादर परिमार्जन गर्न आलटाल गरेपछि घर खाली गर्न पत्राचार गरिएको राससका अध्यक्ष हरिहर अधिकारी श्यामलले बताए ।

प्रतिक्रिया दिनुहोस !

नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: