७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मुगुमा नियमित हवाई सेवा सुचारु



मुगु, १ माघ

हिमाली जिल्ला मुगुमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् ।

पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् ।

एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो ।

रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एण्ड ट्राल्भस मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।

मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ । मुगुमा यो वर्ष दुई पटक मात्र हिमपात भएको छ । हिमपात परेपछि कृषक हर्षित देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !