८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

गायक कुमार सुब्बाको निधन



दार्जिलिङका चर्चित गायक कुमार सुब्बाको निधन भएको छ । शनिबार सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको निधन भएको हो ।

गम्भीर स्वास्थ्य अवस्था रहेका नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर भएका ७५ वर्षीय सुब्बा पछिल्लो समय सिलुगुडी बस्दै आएका थिए । गोपाल योञ्जन र कर्म योञ्जनका समकालीन सुब्बाले ‘सारंगीको तालले मेरो मनको गीत गाउँछ,’ ‘देउरालीका ठिटीहरू नक्कल पार्नु पर्दैन’, ‘ए फू चुँडेर लाने हो’ लगायतका कालजयी गीत गाएका छन् ।


प्रतिक्रिया दिनुहोस !