१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत



अर्घाखाँची, २ माघ

गत २० चैतमा जंगलमा लागेको आगोले घर जलेर घरवारविहीन बनेका अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरम्पानीका नारायणबहादुर थापा परिवारमा खुसियाली छाएकाे छ ।

आगोले घर खरानी बनाइदिएपछि दुई बुहारी, दुई छोरा र श्रीमान श्रीमती गरी सातजनाको परिवार परिवार बिचल्लीमा परेकाे थियाे । विवेकशील साझा पार्टीले नयाँ घर बनाइदिएपछि थापा परिवारलाई राहत मिलेकाे छ ।

आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका उनीहरूको बिचल्ली भएपछि विवेकशील साझा पार्टी अर्घाखाँचीका नेता स्थानीय पशुपति पाण्डेको सक्रियतामा नयाँ घर बनेपछि आफूहरूलाई ठूलाे राहत पुगेकाे थापाले बताए ।

“पशुपति सरहरूको सहयोगमा नयाँ घर बन्यो,” न्युज कारखानासँग कुरा गर्दै थापाले भने, “पशुपतिजीहरूले सम्पूर्ण सामान किनिदिनुभयो, गाउँलेले काठ सहयोग गर्नुभयो । केही ऋण लागे पनि अहिले राम्रो घरमा बस्न पाएका छौं । हामी निकै खुसी छौं ।”

अवस्था अत्यन्तै दयनीय देखिएपछि आफूहरुले सहयोग गरेको पाण्डेले बताए । “उहाँ आफै मिस्त्री हुनुहुँदाे रहेछ, मिस्त्रीको व्यवस्थापन तपाई आफै गर्नुस भन्यौं,” पाण्डेले भने, “यसबाहेक किन्नुर्ने सवै सामान हामीले किनिदिएका हौं । आगलागी भएको खबर थाहा पएर हाम्रो पार्टीको अर्घाखाँची जिल्ला कमिटी टिम उद्वार तथा राहतका लागि घटनास्थलमा उपस्थित भई त्यहाको आवश्यकतालाई अवलोकन गर्‍याै । पीडितको अति नै दयनीय अवस्था देख्दा उहाँलाई घरको अति आवश्यकता परेको महसुस गरी घर निर्माणकार्यमा हाम्रो ध्यान केन्द्रित भयो र हामीले घर बनाइदिने बाचा गर्‍याैं ।”

पाण्डेका अनुसार काटी, जस्तापाता, सिमेन्ट, बालुवा, ढुंगा जस्ता घर निर्माणका लागि किन्नुपर्ने सवैजसो सामान पार्टीले सहयोग गरेको हो । “पार्टी केन्द्रले समेत करिब ९४ हजार सहयोग गरेको थियो । बाँकी हामीले विभिन्न दाताबाट संकलन गरेका हौं,” पाण्डेले भने, “महेन्द्र विद्यावोध विद्यालयका कक्षा ८, ९ र १० मा पढ्ने ८० जना विद्यार्थीले व्यक्तिगत रूपमा पैसा उठाएर आठ हजार पाँच सय रुपैयाँ सहयोग गरेका थिए ।”


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय