११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

चुनाव नजिकिँदै गर्दा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले खाए दलितको घरमा खिचडी



भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव नजिकिँदै गर्दा राजनीतिक दल र नेतृत्व चुनाव प्रचारप्रसारमा सक्रिय भएको छ ।

यसैक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दलितको घरमा खिचडी खाएको तस्वीर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

उत्तर प्रदेशको चुनावमा धार्मिक समीकरण मात्रै नभई जातीय प्रभाव समेत पर्ने विश्लेषण गर्दै नेताहरू विभिन्न जाति समुदायलाई खुशी पार्नतिर लागेका छन् । उत्तर प्रदेशमा २१% दलित मतदाता रहेका छन् ।

मुख्यमन्त्री योगीले गोरखपुरस्थित दलितको घरमा खिचडी खानुलाई दलित मतदाता रिझाउने उपायका रूपमा हेरिएको छ । उत्तर प्रदेशको चुनावमा दलित मतदाता निर्णायक भए पनि मौन रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !