१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सुन चोरी पैठारीमा मुछिए योगेश भट्टराईका प्रिय पात्र पर्यटन बोर्डका सीईओ रेग्मी



काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो । त्यही दिन रेग्मीविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भयो, जसको २१ भदौ २०७७ मा फैसला आयो । फैसलामा पर्यटन बोर्डका सीईओ रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तोकिएको छ । योगेश भट्टराइले आफ्नो कार्यकालमा धनन्जय रेग्मीलाई पर्यटन बोर्डको सिईओमा नियुक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !