१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

लक्ष्मण पोखरेलको शब्द संगीत र अन्जु पन्तको स्वरमा ‘दिलदिल’ सार्वजनिक



काठमाडौं : चर्चित तथा लोकप्रीय गायिका अन्जु पन्तको स्वर र संगीतकार लक्ष्मण पोखरेलको शब्द संगीतमा दिलदिल बोलको गीत सार्वजनिक भएको छ । एसियन म्युजिक कम्पनि मार्फत सार्वजनिक भएको गीतमा दिलिम समनले भिडियोलाई निर्देशन गरेका छन् ।

इलामको रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा जतिन ताम्राकार र मल्लीका राजोपाध्यायले अभिनय गरेका छन् । मनोज चौलागाईको संगीत संयोजन रहेको गीतमा किशोर थापाको मिक्सिङ र राजेश श्रेष्ठको रेकडिङ रहेको छ ।

हरेक प्रकारका श्रोताहरुले मनपराउने शैलीबाट संगीतकारले गीतलाई तयार पारेका छन् । अडियो र भिडियो दुवै उत्कृष्ट रहेको गीतबाट यस गीतका संगीतकार आशावादी रहेका छन् ।

गीतको भिडियोलाई निर्देशक दिलिप समनले सम्पादन गरेका छन भने छायांकान शेखरदेव घिमिरे रहेको छ । गीतमा नृत्य निर्देशन राम विकको रहेको छ । निशान मगरको व्यवस्थापनमा तयार पारिएको गीतबाट आशावादी रहेको एसियन म्युजिकका संचालक ईश्वर गुरुङ बताउँछन् ।

संगीतकार लक्ष्मण पोखरेलको गायक प्रमोद खरेलको स्वरमा रहेको गीत आसु दिएर गयौ केही समय अघि सार्वजनिक भएको थियो भने संगीतकार पोखरेलको छिट्टै नै बन्दीपुर, घामपानी घामपानी, सपनाहरु झस्काई दिन्छन् लगायतका केही गीतहरु सार्वजनिक हुँदै छन् ।


प्रतिक्रिया दिनुहोस !