१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रदेश दुईको स्थायी राजधानी जनकपुर भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन



वीरगञ्ज । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ ।

विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो ।

वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनी विरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !