१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

विप्लव नेकपा परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र गोपाल किराती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी, नेपाल परित्याग गरी दर्जनौ नेता कार्यकर्ताहरु मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा ध्रुवीकृत भएका छन् । क्रान्तिकारी माओवादीको पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा भएको एक कार्यक्रममा विप्लव नेतृत्वको पार्टीका युवा नेता तथा रेडियो मिर्मिरेका सञ्चालक घनश्याम श्रेष्ठ पुस्कर, तारा थापा, केदार खतिवडा, जीपी चौलागाई, ज्ञानेन्द्र बुढाथोकी, रामबहादुर तिरुवा, प्रभात भट्टराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे, मेलम योञ्जन र माओवादी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य विमल निरौला, केन्द्रीय सदस्यहरु प्रकाश राई, अप्सरा बानियाँ र गणेश निरौला क्रान्तिकारी माओवादीमा ध्रुवीकृत भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय