१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ



काठमाडौं । दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका अन्दाजी ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बसन्तनगरमा होटल व्यवसाय गर्ने ३१ वर्षका गोकुल घिमिरेलाई पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !