७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार



जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् । प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ ।

पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल जुलुसमा सहभागी कांग्रेसका एक कार्यकर्ताले मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गरेको बताए । उनले ढुङ्गा लागेर घरको सिसा फुटेको र प्रहार गर्नेको खोजी गरिरहेको बताए । मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !