११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

मार्मा क्षेत्रमाथिको हेपाहा प्रवृतिविरुद्ध कांग्रेस प्रदेश सांसदमा मेरो उम्मेदवारी : दिलिप महता



स्थानीय तह प्रदेश र संघको निर्वाचन नजिकिए संगै हाम्रो दार्चुलाको राजनीति माहोल पनि गरम हुँदै गईरहेको छ नेपाली कांग्रेस दार्चुलामा पनि आफ्ना आफ्ना उम्मेदवारीहरु घोषणा हुँदै गर्दा मैले पनि नेपाली कांग्रेस दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रबाट प्रदेश सभा सांसदको उम्मेदवार बन्ने चाहाना राखेको छु । वि. सं २०५१ सालदेखि राज्य र हरेक पार्टीहरुले उत्पीडनमा राखेको दार्चुलाको (ख) क्षेत्र र त्यसमा पनि अपी हिमाल जस्तो दुर दराजमा रहेको विकट ठाउँबाट उम्मेदवारी दिने मेरो चाहानाप्रति सबैले साथ अनि समर्थ गर्नु हुनेछ।

दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रमा अपी, मार्मा र नौगाडको भौगोलिक एकता वर्षैँदेखि रहि आएको छ । जुन पार्टीले अपी, मार्मा र नौगाडमा सांसदको उम्मेदवार तय गर्छ त्यही पार्टी को जित निश्चित हुन्छ भन्ने कुरा विगतको निर्वाचनले प्रष्ट पारेको छ । त्यस कारण यो पटक नेपाली कांग्रेस दार्चुलाले पनि अपी हिमाल जस्तो दुर दराजको क्षेत्रमा प्रदेश सांसदको टिकट दिएर समग्र मार्माबासी जनताप्रति न्याय गर्ने छ र अहिलेसम्म मार्मा माथि कांग्रेसले गर्ने गरेको विभेदलाई पनि सच्याउने अवसर कांग्रेस दार्चुलालाई आएको छ । आशा गरौं २०५१ सालदेखि निरन्तर पार्टी संगठनमा आबद्ध रहेर निरन्तर कृयाशिलता जनाउदै यो पटक दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रमा प्रदेस सांसद बन्ने मेरो चाहाना र समग्र मार्माबासीको आशालाई विश्वासमा बदल्न नेपाली कांग्रेसले कुनै पनि कसुर बाकी राख्ने छैन । आशा अनि विश्वास छ, दार्चुला कांग्रेसले मलाई प्रदेशको टिकट दिएर समग्र मार्माबासी प्रति न्याय गर्ने छ । वर्षौंदेखि मार्मा प्रति कांग्रेसको विभेदकारी नजर यो पटक भने न्यायोचित बनोस्मा, मार्मा माथी न्याय होस् । जय मार्मा, जय अपी, जय नौगाड । समग्र मार्माली एकता हाम्रो चाहाना ।

लेखक दिलिप सिंह महता नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि समेत हुन् ।


प्रतिक्रिया दिनुहोस !