७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

भोजपुरी स्टारलाई प्रहरीले महोत्सव जान रोकेपछि दर्शकले चारवटा गाडी जलाए



सुनसरी । भोजपुरी कलाकार खेसारीलाल यादवलाई बर्जु महोत्सवमा जानबाट प्रहरीले रोकेपछि आक्रोशित स्थानीयले चारवटा गाडीमा आगजनी गरेका छन् । बर्जु गाउँपालिकामा पुस २३ गतेबाट बर्जु महोत्सव आयोजना भएको थियो । उक्त महोत्सवको अन्तिम दिन आज भोजपुरी कलाकार यादव आउने तय भएको थियो । उनी विराटनगरमा आएर बसेका थिए ।

प्रहरीले कलाकार यादवलाई कार्यक्रममा जान नदिएपछि आक्रोशित स्थानीयले स्टेज तोडफोड र गाडीहरुमा आगजी गरेका हुन् । आयोजकले कलाकार यादवको नाममा टिकट अग्रिम बुक गरेको र कार्यक्रममा नपुगेपछि टिकट किनेकाहरुले तोडफोड र आगजनी गरेको बुझिएको छ ।अहिले महोत्सवमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । कलाकार यादवलाई प्रहरीले विराटनगरमै रोकेर राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !