६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

पशुपति धर्मशालामा बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्न प्रक्रिया अघि बढाइने



काठमाडौं । सरकारले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।सिंहदरबारस्थीत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको पशुपति क्षेत्र विकासको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानविन गरेर आवश्यक कारवाही गर्ने र सम्झौता रद्ध गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय भएको पर्यटनमन्त्री प्रेम आलेले जानकारी दिए ।

सो क्रममा मन्त्री ओलले नियमविपरित सरकारी सम्पतीमाथि हस्तक्षेप गर्नेमाथि कारवाही गर्ने स्पष्ट पारे । उनले गलत भएका कामको छानविन गरेरै छाड्ने स्पष्ट पारे । त्यस्तै उनले लुम्विनी बिकास कोष अन्तर्गतको मास्टरप्लान अनुसार नै विभिन्न ठाउँमा गुम्बालगायत होटल बनाउने काम अघि बढेको जिकिर गरे ।आफूले लोकप्रियताका लागि नभएर आफूले दायित्व मात्र निर्वाह गरेको उनको भनाइ छ । यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए ।

त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्बसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय