१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक



काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो ।

पुरुषको संख्या महिलाको तुलनामा कम छ । २०६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।

यसैबीच जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । यस्तै, मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ ।अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय