१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रौतहट र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु



बुधबार राति रौतहट र बारा जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुवै दुर्घटनामा दुई मोटरसाइकलमा सवार चार जनाको मृत्यु भएको हो । रौतहटको गरुडा नगरपालिका–४ गरुडामा ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

यस्तै, बाराको कलैया उपमहानगरपालिका २५ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो ।  मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका–५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो ।  गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !